टीकापुर । संघीय संसद तथा प्रदेश सभाका सांसदहरूले आफ्नो संसदीय कामलाई प्रभावकारी बनाउन आवश्यक सहयोगी कर्मचारीको व्यवस्था गर्न माग गरेका छन्।
सुदूरपश्चिम प्रदेशको टीकापुरमा सम्पन्न अन्तर–व्यवस्थापिका मञ्चको ११औँ सम्मेलनले जारी गरेको नौबुँदे सन्देशपत्रमा संघीय संसद र प्रदेश सभाका सदस्यहरूका लागि सहयोगी कर्मचारी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको हो।
