काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गरेका छन् । समकक्षी एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री खनाल आज नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
खनाल तीन दिन भारत भ्रमणमा रहनेछन् । भारत भ्रमणमा रहँदा खनाल द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय बैठकमा सहभागी हुनेछन् ।
उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्किंदै छन्