काठमाडौं । गायक रामकृष्ण ढकालले प्रहरीमा उजुरी दिएका छन् । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिले आफ्नो चरित्रहत्या गरिएको भन्दै ढकालले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् । आफूविरुद्ध विभिन्न सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार र मानहानी भएको भन्दै बिहीबार ढकाल आफैँ साइबर ब्युरो पुगेर उजुरी दिएका हुन् ।
साइबर ब्युरोका एसपी दिलीप कुमार गिरीले ढकालले उजुरी दिएको र अनुसन्धान भइरहेको बताए । जेनजी प्रदर्शनका क्रममा भदौ २४ मा नक्खु कारागारबाट निस्केका रवि लामिछानेलाई लिन आफ्नो कारसहित पुगेको विषयका सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ । यही विषयलाई लिएर उनको निर्माण रहेको चलचित्र ‘मालती मंगले’ बहिष्कार गर्नेसम्मको धम्की उनलाई सामाजिक सञ्जालमा आइरहेको छ ।