काठमाडौं । अष्ट्रेलियामा दोहोरी सहितको बाग्लुङ सांगीतिक साँझ २०२६ हुने भएको छ ।
बाग्लुङ समाज अष्ट्रेलियाको आयोजनामा मे २३ मा इन्द्रेणी फंक्शन सेन्टरमा दोहोरी सहितको बाग्लुङ सांगीतिक साँझ २०२६ आयोजना गर्ने भएको हो ।
साँझ ५:३० देखि राति १०:३० सम्म लाइभ दोहोरी सहितको बागलुङ संगीतमय साँझमा थानेश्वर गौतम, विष्णु खत्री, निशा केसी, सुवास खत्री, रेशम निर्दोष, र अन्य जस्ता लोकप्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार कार्यक्रम सहभागीको लागि टिकट डिनर सहितको ६० डलर रहेको छ भने बच्चाको लागि ३० डलर कायम गरिएको छ ।
