काठमाडौँ । लोकप्रिय नेपाली फिल्म ‘छ माया छपक्कै २’ को औपचारिक शुभमुहूर्त सम्पन्न गरिएको छ । दीपकराज गिरी को प्रमुख उपस्थितिमा सूर्यविनायकस्थित गणेश मन्दिरमा मुहूर्त गरिएको हो ।
२०७६ सालमा सुपरहिट बनेको फिल्म ‘छ माया छपक्कै’ को सिक्वेलका रूपमा निर्माण हुन लागेको यो फिल्मको छायांकन वैशाख १८ गतेदेखि सुरु हुने निर्माण पक्षले जनाएको छ । फिल्मको निर्देशन दीपेन्द्र लामिछाने ले नै गर्नेछन् । पहिलो भागको सफल टिम नै यसपटक पनि निरन्तर रहने भएको छ । मुख्य भूमिकामा दीपकराज गिरी र केकी अधिकारी दोहोरिएका छन् । साथै यसपटक मोडल तथा अभिनेत्री सनिशा भट्टराई पनि शीर्ष भूमिकामा देखिने भएकी छन् । निर्माण पक्षका अनुसार फिल्मले अघिल्लो भागको सफलतालाई निरन्तरता दिँदै नयाँ कथा र प्रस्तुति दर्शकसमक्ष ल्याउने तयारी गरेको छ ।