काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता, निर्माता तथा निर्देशक रमित ढुंगानालाई मातृशोक परेको छ। उनकी आमा ज्ञानुदेवी ढुंगानाको ८८ वर्षको उमेरमा आज आइतबार बिहान निधन भएको छ।
पारिवारिक स्रोतका अनुसार स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि उनलाई ललितपुरस्थित सुमेरु सिटी अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा आज बिहान उनको निधन भएको हो।
दिवंगत ज्ञानुदेवीको आजै आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।