काठमाडौँ । आगामी वैशाख १८ गते प्रदर्शनमा आउने नेपाली फिल्म ‘लालीबजार’ को सम्पूर्ण प्राविधिक काम सम्पन्न भइसकेको छ। फिल्म तयार भएसँगै निर्माण कम्पनी षट्कोण आट्र्सले यसको अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा गरेको छ।
फिल्ममा समावेश गीत ‘मायालाई के दिउँ म बैना’ लोकप्रिय भएसँगै विदेश अधिकार खरिदका लागि प्रस्ताव आइरहेका भए पनि निर्माण पक्षले प्राविधिक रूपमा पूर्ण तयारी भएपछि मात्र प्रदर्शन अधिकार बिक्री गर्ने निर्णय गरेको हो। षट्कोण आट्र्सले पहिले निर्मित फिल्महरूले डायस्पोरा वितरकलाई घाटा नभई मुनाफा दिलाउने अनुभव भएकोले ‘लालीबजार’ को अधिकार खरिदका लागि विभिन्न प्रस्तावहरू आइरहेका छन्। निर्माता म्याक्स दीपेश खत्रीका अनुसार, फिल्मको विदेश प्रदर्शन लक्षित गर्दै वितरण सम्झौतामा छलफल भइरहेको छ। फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ। यसै फिल्मबाट विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन्।
निर्देशक यम थापाले नेपाली फिल्ममा नदेखिएको कथालाई दर्शक माझ प्रस्तुत गर्ने बताए। पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्। फिल्मको कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने निर्माता म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ रहेका छन्। फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन, कस्ट्युम डिजाइनर र स्टाइलिस्ट जानकी कडायत र मेकअप काव्या थापाको कार्य रहेको छ।