काठमाडौँ । फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक गरिएको छ। पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ ले युट्युबमा एक करोडभन्दा बढी भ्युज प्राप्त गरेपछि निर्माण टिमले दोस्रो गीतलाई पनि दर्शकसामू ल्याएको हो।
नयाँ गीत ‘मिठो संसार’ मा फिल्मका कलाकार स्वस्तिमा खड्का, प्रशंसा सुवेदी, र बालकलाकार समाइरा थापा फिचर्ड छन्। फिल्मका दृश्यहरूसँगै तयार गरिएको यस गीतमा समीक्षा अधिकारी, दिलिजा रुवाली, अलिशा शर्मा, र पूर्णिमा तामाङको स्वर सुन्न सकिन्छ। गीतका शब्द र सङ्गीत जयन जे वाइवाको रहेको छ। फिल्म ‘लालीबजार’ को प्रदर्शन मिति आगामी वर्ष वैशाख १८ मा तय गरिएको छ।