काठमाडौं । ‘मनबिनाको धन’ गीतबाट रातारात चर्चाको शिखरमा पुगेका गायक तथा नायक अशोक दर्जी ८ वर्षपछि घर फर्किएका छन् । उनलाई अहिलेसम्म भरणपोषण, आश्रय र अभिभावकत्व दिँदै आएका संगीतकार टंक बुढाथोकीले सामाजिक सञ्जालबाट यसबारे जानकारी दिएका हुन् ।
बुढाथोकीले सडकबाट घरमा अपनत्व दिएर अशोकलाई हुर्काउने, बढाउने र शिक्षा दिएका थिए । अशोकलाई लिएर उनले हालै ‘मनबिनाको धन’ फिल्म पनि बनाएका थिए । अशोकलाई पहिचान दिलाएका टंकले यसबारे जानकारी दिँदै विगत ४ महिनादेखि अशोक झापास्थित घरमा रहँदै आएको जनाएका छन् । पढाइ पनि झापाकै एक विद्यालयमा थालेको उनले उल्लेख गरेका छन् ।