काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विधिवत् रूपमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन्।
शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनी साँझ पूजापाठ गरेर सरकारी निवास प्रवेश गरेका हुन्। बालेनले शास्त्रीय र धार्मिक परम्परा अनुसार पूजा अर्चना गरेर मात्र निवास सरेको त्यहाँका कर्मचारीहरूले जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहको शपथ ग्रहण समारोह पनि निकै विशेष र सांस्कृतिक रहेको थियो। शीतल निवासमा आयोजित उक्त समारोहमा सातवटा शङ्खको शङ्खनाद गरिएको थियो भने १०८ जना वटुकहरूले स्वस्ति–शान्ति वाचन गरेका थिए। साथै, १०८ जना बौद्ध भिक्षु लामाहरूले मङ्गल पाठ गरी नयाँ कार्यकालको सफलताको कामना गरेका थिए। यो धार्मिक र सांस्कृतिक मिश्रणले शपथ ग्रहण समारोहलाई भव्य बनाएको थियो।
यसैबीच, निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार नै सरकारी निवास बालुवाटार छाडेकी छन्। शुक्रबार मध्याह्न नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागी भएसँगै उनले बालुवाटारबाट आफ्नो बसोबास अन्त्य गरेकी हुन्। कार्कीको बहिर्गमनसँगै बालेन शाहले मुलुकको कार्यकारी प्रमुखको रूपमा बालुवाटारबाट आफ्नो कार्यभार सम्हाल्ने तयारी गरेका छन्।
यो पनि पढ्नुस्
प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद्का बैठक के-के गर्यो निर्णय ?
राजनीति गृहपृष्ठ राजनीति बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी
सरकारको प्रवक्ता जिम्मेवारी शिक्षामन्त्री सस्मित पोखरेललाई