काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता चयन भएका छन् ।
बिहीबार बसेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्री पोखरेललाई सरकारको आधिकारिक प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो। नवनियुक्त मन्त्रिपरिषद्को कार्यविभाजन र आगामी कार्ययोजनाबारे छलफल गर्न बसेको उक्त बैठकले पोखरेललाई यो महत्वपूर्ण जिम्मेवारी सुम्पिएको हो।
मन्त्रालयको कार्यभारसँगै अब पोखरेलले सरकारका निर्णयहरू सार्वजनिक गर्ने र प्रेस ब्रिफिङको नेतृत्व गर्नेछन्।