काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज नयाँ र्याप सार्वजनिक गरेका छन् । राष्ट्रिय भावनाले ओतप्रोत रहेको र्यापमा बालेन स्वयंको शब्द तथा संगीत छ ।
‘जय महाँकाली’ बोलको र्यापमा यसपटक जसरी पनि क्रान्ति गर्ने उल्लेख छ । जस्तोसुुकै अवरोध आए पनि त्यसलाई पाखा लगाएर अघि बढ्ने प्रतिबद्धता रहेको र्यापमा विपक्षीसँग नडराउने उल्लेख छ ।
देश र जनताका लागि ज्यान बलिदान दिन तयार रहेको बताउने र्याप बालेनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । र्यापको भिडियोमा बालेनले चुनावी अभियानका क्रममा पूर्वदेखि पश्चिमसम्म गरेको भाषण, सभा र रोड शोका फुटेज प्रयोग गरिएको छ ।
प्रधानमन्त्रीमा नियुक्त हुने अघिल्लो दिन बालेनले र्याप सार्वजनिक गरेका हुन् ।