काठमाडौं । चर्चित संगीतकार अर्जुन पोखरेल अब फिल्म निर्माणमा पनि हात हाल्ने भएका छन्। उनले निर्माण गर्न लागेको नयाँ फिल्म ’बेहुली’ को बिहीबार ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गरिएको छ।
यस फिल्ममा सामाजिक सञ्जालमा ’कुल ब्वाय’ नामले चिनिएका पारस बम ठकुरी र दिव्या रायमाझी मुख्य भूमिकामा देखिनेछन्। ’होस्टेल ३’ का निर्देशक सशान कँडेलले यस फिल्मको निर्देशन गर्नेछन्। यस फिल्मका अन्य कलाकारहरूमा सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, लोकेन्द्र लेखक, सविन कट्टेल, समाइरा थापा रहेका छन् ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुने यस फिल्मका निर्माता प्रताप राणा हुन् भने कार्यकारी निर्मातामा सुमन थिङ तामाङ रहेका छन्। त्यस्तै, सहायक निर्मातामा दुर्गा खरेल र रमेश सिलवाल तथा क्रियटिभ प्रोड्यूसरमा शंकर कोइराला छन्।
लामो समयदेखि नेपाली संगीत क्षेत्रमा हिट गीतहरू दिँदै आएका अर्जुन पोखरेलले आफ्नो यो डेब्यु निर्माणलाई लिएर निकै उत्साह व्यक्त गरेका छन्।