काठमाडौँ । वरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको चलचित्र ‘पहाड’ को पहिलो गीत ’मोहनी लगाउने’ सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएको गीतमा भारती घिमिरे, साकार आप्टे, अश्मिता अधिकारी र मदनकृष्ण श्रेष्ठको स्वर रहेको छ।
तुलसी घिमिरेको यस बहुप्रतिक्षित चलचित्रमा सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, प्रियंका कार्की, पञ्चमी घिमिरे र अरुण क्षेत्री लगायतका दिग्गज तथा चर्चित कलाकारहरूको अभिनय रहेको छ।
यो चलचित्र दिवंगत अभिनेता सुनिल थापाको अन्तिम अभिनय रहेको चलचित्रका रूपमा दर्ज भएको छ ।