काठमाडौँ । अस्ट्रेलियाको सिड्नीमा मार्च ७ मा होली मेला हुने भएको छ । हिमालयन हार्मोनी इभेन्ट्सको आयोजनामा होली मेलाको आयोजना हुन लागेको हो ।
नेपालीहरूको बाक्लो बस्ती रहेको ग्रानभिल क्षेत्रको ग्रानभिल पार्कमा होली मेला २०२६ आयोजना गर्न लागिएको हो । हिमालयन हार्मोनीले यसपटक दीपक बज्राचार्यको टिम र एलिना चौहानलगायतका चर्चित कलाकारलाई ल्याइन लागेको आयोजक हिमालयन हार्मोनीका विकास मरठ्ठाले बताए ।
यसपटक होली मेलामा होलीको रङ, संगीतको रमझम र विशेष लाखे नाचको समेत व्यव्यस्था गरिएको आयोजकले बताएको छ ।कार्यक्रमका लागि नेपाली समुदायको साथ र सहयोगको अपेक्षा गरेको बताउँदै टिकटदर ३० डलर राखिएको र १० वर्षमुनिका बालबालिकालाई निःशुल्क प्रवेशको हुने आयोजकले जनाएको छ ।