काठमाडौं । चलचित्र ‘झरीपछिको इन्द्रेणी’ युट्युबमा रिलिज भएको छ । अर्जुन घिमिरे (पाँडे)को निर्देशन रहेको चलचित्र आज बालेन शाहको युट्युब च्यानलबाट रिलिज गरिएको हो ।
माघ २५ गते रिलिज भएको ‘झरीपछिको इन्द्रेणी’ले हलमा प्रदर्शनको ५१औं दिन मनाएको थियो । यो चलचित्र हलमा पुस ४ गतेबाट प्रदर्शनमा आएको थियो ।
नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको ‘झरीपछिको इन्द्रेणी’मा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जनको अभिनय छ ।
यो सिनेमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका थिए । निर्देशक अर्जुन घिमिरे स्वयंको कथा रहेको सिनेमाको पटकथा र संवाद गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । सिनेमाका छायांकार बुद्ध थापा हुन् ।