काठमाडौँ । अभिनेत्री बेनिशा हमाल अभिनित चलचित्र ‘बिगुल’को प्रदर्शन स्थगित गरिने भएको छ । बुधबारदेखि यो चलचित्रको प्रदर्शन स्थगित गरिने निर्माण टिमले जानकारी दिएको छ। निर्माता कम्पनी एमजीपी लिमिटेडले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नहुँदासम्मका लागि प्रदर्शन स्थगितको घोषणा गरेको हो।
‘निर्वाचनको संवेदनशील अवस्थालाई ध्यानमा राखी सम्बन्धित निकायहरूको सुझाव तथा परिस्थितिको मूल्यांकनपश्चात यो निर्णय लिइएको हो’, विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा चलचित्रको नयाँ प्रदर्शन मिति छिट्टै सार्वजनिक गरिने जनाइएको छ। रमेश कोइरालाको निर्देशन रहेको ‘बिगुल’मा बेनिशा हमाल, नरेन खड्का, बिनोद न्यौपाने, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देललगायत कलाकारहरूको अभिनय छ।