धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत सहायक हवल्दार हेमराज जोशी सम्मानित भएका छन् । धनगढीको चैतन्य पाठशालाले जोशीलाई उत्कृष्ट रूपमा जिम्मेवारी निर्वाह गरेको भन्दै सम्मानित गरेको हो ।
कैलालीको ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा विद्यार्थी–सचेतनामूलक गतिविधिमा उल्लेखनीय योगदान पुर्याएको कदर गर्दै सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले जोशीलाई सम्मानपत्र प्रदान गरेका हुन्।