धनगढी । सुदूरपश्चिममा ३०१ प्रहरी जवानहरू शुक्रबार दीक्षित भएका छन् । गत माघ २७ गतेदेखि प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा सञ्चालन भएको प्रहरी जवान आधारभूत तालिम ११-८३ औं समुहको दीक्षान्त समारोह शुक्रबार सम्पन्न भएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा डीआईजी ओमबहादुर रानाले दिपायलका २०२ जना प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे।
दिपायलबाट महिला ११५ र पुरुष ८७ गरि जम्मा २०२ जना प्रशिक्षार्थीले सफलता पुर्वक तालिम सम्पन्न गरे । यस्तै प्रशिक्षण स्थल बुडरबाट ९९ जना पुरुषले तालिम सम्पन्न गरेका हुन् । प्रशिक्षण स्थल बुडरबाट दिक्षित भएका प्रशिक्षार्थीहरुलाई प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र शाहीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।