काठमाडौँ । प्रहरी वृत्त बालाजुले सुनचाँदी चोरीमा संलग्न एक व्यवसायीलाई पक्राउ गरेको छ। डल्लु बस्ने ५४ वर्षीय विकास लकाईलाई बाइपासस्थित घरबाट चोरी गरिएका सुनका गरगहनासहित पक्राउ गरिएको हो।
प्रहरी प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, लकाई डल्लुस्थित “सीता ज्वेलर्स”का सञ्चालक हुन्। उनलाई सुनको १४ वटा नेकलेस, ९ वटा लकेट, ८ वटा मङ्गलसूत्र, ५ वटा नौगेडी र ३ पिस लकेटसहित बरामद गरिएको छ। प्रहरीको आवश्यक अनुसन्धान जारी राखेको छ।