काठमाडौँ । ब्राउन विश्वविद्यालयमा गएको हप्ता भएको गोलीकाण्डको आरोपी सेलेम, न्यू ह्याम्पशायरको एक गोदाममा मृत फेला परेको प्रहरीले जनाएको छ। यसअघि छ दिनसम्म बहु राज्य खोजी भइरहेको थियो।आरोपीको पहिचान क्लाउडियो नेभेस भालेन्टे, ४८, पोर्चुगिज नागरिकका रूपमा गरिएको छ।
उनी करिब २५ वर्षअघि प्रोभिडेन्स, रोड आइल्याण्डस्थित विश्वविद्यालयमा अध्ययन गरेका थिए। प्रोभिडेन्स प्रहरी प्रमुख ओस्कार पेरेजले भने,भिडियो प्रमाण र सर्वसाधारणका टिप्सले अनुसन्धानकर्ताहरू लाई कार भाडामा दिने स्थानसम्म पुर्यायो, जहाँ हामीले आरोपीको नाम पत्ता लगायौँ र हाम्रो व्यक्तिसँग मेल खान्छ भन्ने पुष्टि गर्यौँ । अधिकारिहरूले भालेन्टेले १३ डिसेम्बरमा ब्राउनमा गोलीकाण्ड गरेपछि दुई दिनमा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापकको हत्या गरेको विश्वास पनि व्यक्त गरेका छन्।
रोड आइल्याण्डका अटर्नी जनरल पीटरले बताए कि भालेन्टे मृत अवस्थामा फेला परे, उनको साथमा एक स्याचेल र दुई हातहतियार थिए। नजिकैको कारमा भेटिएको प्रमाण ब्राउन विश्वविद्यालयको गोलीकाण्डसँग मेल खाएको थियो। प्रारम्भिक अनुसन्धानले देखाएको छ कि भालेन्टेको मृत्यु आत्महत्या गोलि प्रहार बाट भएको अनुमान छ, र प्रहरीले भण्डारण इकाईमा उनी कति समयदेखि रहेका हुन् भन्नेबारे टिप्पणी गर्न सकेन। धेरै प्रश्नहरूको उत्तर अझै आवश्यक छ। उनले थपे कि एजेन्सीले करिब ५ सय एजेन्टहरू स्थानीय अधिकारीहरूलाई सहयोग गर्न पठाएको थियो।
ब्राउन विश्वविद्यालयका अध्यक्ष क्रिस्टिना प्याक्सनले भने कि भालेन्टेले २००० को शरद ऋतुदेखि २००१ को वसन्तसम्म आइभि लीग विश्वविद्यालयमा नामांकन गरेका थिए र भौतिकशास्त्रमा पीएचडी अध्ययन गरिरहेका थिए। उनले हाल कुनै सक्रिय सम्बन्ध छैन भने। अधिकारिहरूले विश्वास व्यक्त गरेका छन् कि भालेन्टेलेका प्राध्यापक नुनो एफ गोम्स लोरेइरो, ४७, लाई सोमबार उनको ब्रोकलिन, म्यासाचुसेट्स स्थित घरमा गोली हानेका थिए। ब्रोकलिन प्रोभिडेन्सबाट करिब ८० किलोमिटर टाढा छ।
प्रहरीका अनुसार, दुबै व्यक्तिले १९९० को अन्त्यतिर पोर्चुगलको उही विश्वविद्यालयमा अध्ययन गरेका थिए। भालेन्टेको सवारी साधन फुटेज र ब्राउन विश्वविद्यालयमा एक साक्षीको सहयोगले पहिचान भयो। त्यही कार प्राध्यापकको हत्या भएको स्थान नजिक पनि फेला परेको थियो। उनी फोन प्रयोगमाथे जसले उनलाई ट्र्याक गर्न गाह्रो बनाएको थियो, म्यासाचुसेट्सकी राज्य अटर्नी लिआ फोलीले भनिन्। उनी आफ्नो पथ लुकाउनमा निकै स्मार्ट थिए। अधिकारिहरूले दुबै आक्रमणको कुनै स्पष्ट कारण हालसम्म सार्वजनिक गरेका छैनन्। सर्वसाधारणले ब्राउन विश्वविद्यालयमा गएको शनिबार भएको गोलीकाण्ड अनुसन्धानमा प्रगति नहुँदा निराशा व्यक्त गरेका थिए।
गोलीकाण्डमा दुई जना विद्यार्थीको मृत्यु भयो र थप नौ जना घाइते भए। छ जनाको उपचार अझै अस्पतालमा भइरहेको छ। प्रहरीले मृतकहरूको पहिचान १९ वर्षिय एला कुक अलाबामा निवासी सोफोमोर, र १८ वर्षिय मु्खम्मद अजीज उमुर्जोकोभ, उज्बेक अमेरिकी फ्रेशम्यान विद्यार्थीका रूपमा गरेका छन्। प्रहरीले रोड आइल्याण्डवासीलाई धैर्य राख्न आग्रह गर्दै बिहीबार नयाँ फुटेज सार्वजनिक गरेका थिए, जसमा एक व्यक्तिलाई मास्क लगाएर विश्वविद्यालय परिसरमा हिँडिरहेको देखाइएको थियो। उक्त आक्रमणको जिम्मेवारी प्रमाणित गर्ने, पक्राउ गर्ने र दोषी ठहर गर्ने सूचना दिने व्यक्तिलाई ५० हजार डल पुरस्कार पनि घोषणा गरेको थियो।