काठमाडौं । प्रहरीमा स्टाफ कलेजका रूपमा सञ्चालन गरिएको मास्टर्स अफ पुलिस साइन्स (एमपीएस)को प्रवेश परीक्षामा १६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)छनोट भएका छन् ।
गत वर्षदेखि प्रहरीका उपल्ला तहमा बढुवा हुने प्रहरी अधिकारीका लागि एमपीएस लागु गरिएको थियो । यो एमपीएसका लागि छनोट भएका डीएसपीको दोस्रो टोली हो । उत्तप्र्ण भएकाहरूले सन् २०२६ का लागि स्टाफ कलेज अध्ययन गर्नेछन् ।
२०७० सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भएका हाल डीएसपी बनेकाहरूले स्टाफ कलेजको प्रवेश परीक्षा दिएका थिए । कुल सहभागी ८९ जना डीएसपीमध्ये १६ जना मात्रै उत्तीर्ण भएका हुन् ।