काठमाडौँ । सुगन्धित र आकर्षक रंगका कारण फूलको राजा मानिने गुलाब आज केवल सौन्दर्यको प्रतीक मात्र रहेन, यसको मानसिक स्वास्थ्य र बास्तु–ऊर्जामा पार्ने प्रभावबारे विशेषज्ञहरू थप स्पष्ट भइसकेका छन्। विशेषज्ञहरूका अनुसार गुलाब प्रेम, सम्मान र सकारात्मक ऊर्जाको प्रतिक मानिन्छ। रातो गुलाब प्रायः प्रेम र समर्पणसँग जोडिन्छ भने सेतो गुलाब पवित्रता र शान्तिको चिन्ह मानिन्छ।
गुलाबी गुलाब कृतज्ञता र कोमलता प्रतिनिधित्व गर्छ भने पहेँलो गुलाब मित्रता र खुशीको संकेतका रूपमा देखिन्छ। मानसिक स्वास्थ्यकै सन्दर्भमा मनोविद्हरू भन्छन्–गुलाबको सुगन्धले दिमागमा ‘डोपामिन’ र ‘सेरोटोनिन’ सक्रिय गराउँछ, जसले तनाव घटाई मनलाई हल्का र स्थिर बनाउँछ। घर वा कार्यस्थलमा गुलाब राख्दा सकारात्मक भावना बढ्ने, चिडचिडाहट कम हुने र ध्यान केन्द्रित गर्न मद्दत गर्ने कतिपय अध्ययनले देखाएका छन्। बास्तुशास्त्रका जानकारहरूले गुलाबलाई ‘ऊर्जा सन्तुलन’ गर्ने प्रभावकारी फूलका रूपमा व्याख्या गर्छन्।
घरको पूर्व वा उत्तर–पूर्व दिशामा ताजा गुलाब राख्दा सकारात्मक स्पन्दन बढ्ने, सम्बन्धमा मधुरता कायम रहने र वातावरणमा शान्ति फैलने विश्वास गरिन्छ। यद्यपि मरेका वा सुकिरहेका गुलाब राख्न निषेध गरिएको छ, किनकि यसले घरमा नकारात्मक ऊर्जा तान्ने बताइन्छ। आफ्नो सुगन्ध, रंग र प्रतीकात्मक अर्थका कारण गुलाब केवल एउटा सौन्दर्य बस्तु नभई मानसिक सन्तुलन र घरको ऊर्जालाई शुद्ध बनाउने महत्वपूर्ण प्राकृतिक साधनका रूपमा हेरिन थालेको छ। घर, कार्यालय वा व्यक्तिगत जीवन–जहाँ राखे पनि, ताजा गुलाबले सकारात्मकता फैलाउनेमा विशेषज्ञहरू बताउछन् ।