काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकका रेमिट्यान्स शाखा प्रमुख सुगेन भनिने सुजिन शाक्यलाई पक्राउ गरेको छ ।
बैंकिङ कसुरमा संलग्न रहेको देखिएपछि अनुसन्धानका लागि शाक्यलाई ललितपुर–११, ईखांछेबाट पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी मनोज केसीले बताए । उनका अनुसार, उच्च अदालत पाटनबाट जारी पक्राउ पुर्जीका आधारममा शाक्यलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।
प्रहरीका अनुसार, प्रभु म्यानेजेमेन्ट प्रालिसँग रेमिट्यान्स कारोबार स्थगित भएपश्चात समेत राष्ट्रबैंकको निर्देशन र कानुन विपरित लामो समयसम्म स्वार्थ समूहलाई रकम प्रयोग गर्न दिई बैंकलाई ८ करोड ९३ लाख १९ हजार ९८६ रुपैयाा नोक्सानी पुर्याएको आरोपमा अहिले अनुसन्धान चलिरहेको छ । यो मामिलामा प्रहरीले सीईओ अशोक शेरचनमाथि समेत अनुसन्धान गरिरहेको ब्युरोका एसएसपी शिवकुमार श्रेष्ठले बताए ।