काठमाडौँ । पर्साको सखुवा–५ खजुरिया निवासी मेघराज साहलाई भारतीय प्रहरीले वीरगन्जबाट नियन्त्रणमा लिएर भारततर्फ लगेको खुलासा भएको छ। स्रोतका अनुसार भारतीय नम्बरको थार गाडीमा आएका तीन सादा पोशाकका प्रहरी खजुरिया हुँदै मनवा बजारतर्फ साहको खोजतलासमा पुगेका थिए।
पछि उनी वीरगन्ज महानगरपालिका–१३, राधेमाइ टोलस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएर भारततर्फ लगेका हो । स्थानीय प्रशासन र परिवारजनले यसलाई अपहरण शैलीको कार्य भनेका छन्। यसअघि भारतमा ५० किलोभन्दा बढी चरेशसहित एक व्यक्ति पक्राउ परेका थिए र त्यसको बयानअनुसार साहको नाम जोडिएपछि खोजी गरिएको बताइएको छ। पर्सा प्रहरीले भने घटनाबारे आफुहरु बेखबर रहेको जनाएको छ। प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार, हामी घटनाको तथ्य संकलन गर्दैछौँ र प्रहरीसँग समन्वयबिनै नागरिक लगिएको हो कि होइन भन्ने जाँच जारी छ। स्थानीय समुदायले यस घटनाले सीमा सुरक्षा प्रणाली र द्विपक्षीय समन्वय प्रक्रियामा प्रश्न उठाएको टिप्पणी गरेका छन्।