काठमाडौँ । स्वास्थ्यविद्हरूका अनुसार एक स्वस्थ वयस्क व्यक्तिले दैनिक १.५ देखि ३ लिटर पानी सेवन गर्नुपर्ने सुझाव दिएका छन्। मौसम, उमेर, तौल, कामको प्रकृति र स्वास्थ्य स्थितिअनुसार पानीको मात्रा केही बढ्न–घट्न सक्छ। विशेष गरी गर्मी याम, ठूलो शारीरिक श्रम, र खेलकुदमा सक्रिय व्यक्तिहरूले सामान्यभन्दा बढी पानी आवश्यक पर्ने उल्लेख छ। विश्व स्वास्थ्य संगठन WHO ले वयस्क पुरुषका लागि औसत ३.७ लिटर र महिलाका लागि २.७ लिटर द्रव पदार्थ पानीसहित अन्य पेय उपयुक्त हुने बताएको छ। तर स्वास्थ्यकर्मीका अनुसार सधैं आफ्नो शरीरको संकेत–तिर्खा, मुख सुकीने, पिसाबको रंग गाढिनु–लाई प्राथमिक आधार मान्नुपर्छ।
पानी पिउनाले हुने मुख्य स्वास्थ्य फाइदाहरू
- शरीरलाई हाइड्रेट राख्दैः ऊर्जा वृद्धि पानीको कमी हुँदा थकान, कमजोरी र एकाग्रतामा असर पर्ने स्वास्थ्यकर्मी बताउँछन्। पर्याप्त पानी सेवनले शरीरको ऊर्जा स्तर स्थिर राख्न मद्दत गर्छ।
- पाचन प्रक्रियामा सुधारः विशेषज्ञहरूका अनुसार नियमित पानी सेवनले पाचन सहज बनाउँछ, कब्जियत घटाउँछ र आन्द्राको कार्यक्षमता सुधार गर्छ।
- छालाको स्वास्थ्यमा लाभः डर्माटोलोजिस्टहरूको भनाइअनुसार पर्याप्त पानीले छालामा नमी कायम राख्दै चमक बढाउँछ र चिरा–फाटाको जोखिम घटाउँछ।
- मिर्गौला सुरक्षित राख्न सहयोगः पर्याप्त पानी पिएर मिर्गौलामा हुने ढुंगा किड्नी स्टोन को जोखिम कम गर्न सकिने चिकित्सकहरूको भनाइ छ। पानीले शरीरभित्रका विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ।
- तौल व्यवस्थापनमा उपयोगीः वजन नियन्त्रण गर्न चाहनेका लागि पानी महत्वपूर्ण मानिन्छ। खानेकुरा खानेअघि पानी पिउनुले भोक नियन्त्रण गर्न र क्यालोरी खपत घटाउन सहयोग पुर्याउँछ।
- रक्तसञ्चार सुचारु राख्न मद्दतः पानीले रगतलाई आवश्यक तरलता प्रदान गर्छ, जसले रक्तसञ्चार सहज बन्छ र मुटुमा पर्ने दबाब कम गर्न मद्दत गर्छ।