काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी जेल चलान भएका छन्।
उनीलगायत ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाय गरेको मुद्दामा विशेष अदालतले आइतबार अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो।
इजलासले प्रतिवादी अधिकारीलाई थुनामा पठाउने र मुरारी भण्डारीबाट ५ लाख धरौटी माग गर्ने आदेश भएको अदालतका प्रवक्ता यज्ञराज रेग्मीले बताएका छन् ।
भक्तपुरको नालिन्चोक हेलीप्याड निर्माणको क्रममा भ्रष्टाचार गरेको आरोपमा १३ करोड ५७ लाख बिगो दाबीसहित मुद्दा दायर गरिएको थियो ।