काठमाडौँ । उच्च अदालत पाटनले प्रभु बैंकका सीईओ अशोक शेरचन, डीसीओ मणिराज पोखरेल, सीसीओ रिवास श्रेष्ठ र राजेन्द्र शाक्यको बैंकिङ कसुर मुद्दाको अनुसन्धानको लागि तेस्रो पटक म्याद थप गरेको छ ।
उच्च अदातलका न्यायाधीशद्वय कविप्रसाद न्यौपाने र खड्कबहादुर केसीको वाणिज्य इजलासले थप ५ दिन थुनामा राख्न पाउने गरि म्याद थप हुने आदेश गरेको हो । गत शुक्रबार दुई दिन म्याद थप भएको थियो ।