काठमाडौँ । घर परिवारमा स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको सन्दर्भमा बास्तुशास्त्रका विशेषज्ञहरूले घरभित्रको ऊर्जा सन्तुलन सही राखेर मानिसको शारीरिक तथा मानसिक अवस्था सुधार गर्न सकिने सुझाव दिएका छन्। उनीहरूका अनुसार घरको दिशा, सफाइ, प्रकाश र ऊर्जा प्रवाहको सही संयोजनले स्वास्थ्यमा सीधा प्रभाव पार्ने गर्दछ।
ईशान कोणस् स्वास्थ्य र सकारात्मक ऊर्जा प्रवेश गर्ने मुख्य क्षेत्र : विशेषज्ञहरूका अनुसार घरको उत्तरी–पूर्वी (ईशान) कोणलाई बास्तुमा सबैभन्दा संवेदनशील र पवित्र स्थान मानिन्छ। यो क्षेत्रमा प्राकृतिक ऊर्जा छिर्ने भएकाले यहाँ फोहोर, भारी सामान वा अवरोध नराख्न सुझाव दिइन्छ। क्षेत्र खुला र प्रकाशयुक्त राख्दा घरका सदस्यको मनोबल, प्रतिरोध क्षमता र स्वास्थ्यमा सुधार आउने मान्यता छ।
सुत्ने कोठाको सही दिशास् निद्राको गुणस्तर र मानसिक सन्तुलन : बास्तुशास्त्रले सिरानी दक्षिण वा पूर्व दिशामा राखेर सुत्न सिफारिस गर्छ। यसरी सुत्दा शरीरको ऊर्जा प्रवाह bio-energy flow सन्तुलित हुने विशेषज्ञहरूको व्याख्या छ। सुत्ने कोठामा टुटेका सामान, अव्यवस्था र भारी धातुहरू जमाउने बानीले मानसिक तनाव र अशक्तता बढाउन सक्ने चेतावनी पनि विशेषज्ञहरूले दिएका छन्।
प्राकृतिक प्रकाश र हावाः बास्तुविद्हरूका अनुसार बिहानको हावा र प्राकृतिक सूर्यको प्रकाश स्वास्थ्यका लागि आवश्यक तत्व हुन्। त्यसैले बिहान झ्याल–ढोका केही समय खुला राख्ने, घरभित्र वायु प्रवाह सहज बनाउने अभ्यास गर्न सुझाव दिइएको छ। दम, एलर्जी र टाउको दुखाइजस्ता समस्या पनि स्वच्छ हावाले कम गर्न मद्दत गर्ने बताइएको छ।
रसोईघरको दिशा पाचनशक्ति र पारिवारिक स्वास्थ्यसँग सम्बन्धितः रसोईघरलाई पूर्व वा दक्षिण–पूर्व अग्निकोण मा राखिएमा पाचनशक्ति, भोजनको गुणस्तर र पारिवारिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने विश्वास बास्तुविद्हरूको छ। यदि रसोई गलत दिशामा परेमा शरीरमा तौलसम्बन्धी समस्या, सुस्तता वा तनाव बढ्न सक्ने उनीहरूको तर्क छ।
सफाइ, बोटबिरुवा र सकारात्मक वातावरण : विशेषज्ञहरूका अनुसार घर सफा राख्ने, दैनिक अव्यवस्था हटाउने, स–साना हरियाली बोटबिरुवा राख्ने जस्ता सामान्य अभ्यासहरूले पनि घरको ऊर्जा स्तर बढाउँछ। यसले बस्नेलाई उत्साह, ताजगी र मानसिक शान्ति प्रदान गर्छ।