काठमाडौँ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिहान उठ्नेबित्तिकै गरिएको हल्का व्यायामले शारीरिक तथा मानसिक दुवै स्वास्थ्यमा उल्लेखनीय फाइदा पुर्याउने देखिएको छ। आधुनिक जीवनशैलीले तनाव, मोटोपना र निन्द्रासँग सम्बन्धित समस्या बढाइरहेका बेला बिहानको केवल १५ देखी ३० मिनेट सम्मको व्यायामले ठूलो परिवर्तन ल्याउने चिकित्सकहरूको भनाइ छ।
दैनिक व्यायामलाई बिहानै नियमित गर्नु प्राकृतिक शरीर चक्र बायोलोजिकल क्लक मिलाउन मद्दत गर्ने प्रमुख उपाय मानिन्छ। पोषण तथा व्यायाम विज्ञहरूका अनुसार बिहानको चिस्सिएको वातावरण र खाली पेटको अवस्था शरीरलाई सक्रिय बनाउन सबैभन्दा उपयुक्त समय हो। विशेषज्ञहरूका अनुसार सामान्य व्यक्तिका लागि १५ देखि ३० मिनेटसम्म पर्याप्त हुन्छ। नयाँ सुरुवात गर्नेहरूले १०–१५ मिनेटदेखि सुरु गर्न सकिन्छ । नियमित अभ्यास गर्नेहरूले ३० मिनेट वा सोभन्दा बढी पनि गर्न सकिनेछ,तेज हिँडाइ, स्ट्रेचिङ, साँघुरा व्यायाम योग, सानो कार्डियो जस्ता गतिविधि उपयुक्त मानिन्छ ।
बिहान व्यायामका प्रमुख फाइदाहरूः
- मानसिक तनाव कम गर्छः व्यायामले ‘हर्मोन अफ हाप्पिनेस’ भनिने एन्डोर्फिन उत्पादन बढाउने भएकाले तनाव, चिन्ता तथा डिप्रेसन कम गर्न मद्दत गर्छ। उर्जाको स्तर बढाउँछ,बिहान व्यायाम गर्दा रक्तसञ्चार तीव्र भई दिनभरि स्फूर्तिलो महसुस हुन्छ।
- तौल नियन्त्रणमा प्रभावकारीः खाली पेट गरिएको हल्का कार्डियोले बोसो जलाउने गति बढाउने भएकाले वजन नियन्त्रणमा उपयोगी मानिन्छ।
- निद्रा सुधार गर्छः बिहान शरीर सक्रिय बनाइदिनाले राति गहिरो र सहज निद्रामा सहयोग गर्छ, जसले समग्र स्वास्थ्यमा सुधार ल्याउँछ।
- रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछः नियमित व्यायामले शरीरको इम्युन सिस्टम मजबुत बनाउँदै सामान्य रोगबाट बचाउने क्षमता वृद्धि गर्छ।
- अनुशासन र दिनभरि सकारात्मकता बढाउँछः बिहानै व्यायाम गर्ने बानीले दिनको सुरुवात व्यवस्थित बनाउँछ र मनोबल तथा आत्मविश्वासमा सुधार ल्याउँछ।
स्वास्थ्य विज्ञहरूको भनाइमा, कामको व्यस्तता, तनाव र बदलिँदो जीवनशैलीका बीच बिहान २० मिनेट समय निकालेर व्यायाम सुरु गर्नु दीर्घकालीन स्वास्थ्यमा लगानी दिनु हो। नियमितता र सही तरिका अपनाए स्वास्थ्यमा तत्कालदेखि दीर्घकालीनसम्म सकारात्मक प्रभाव देखापर्न थाल्ने गर्दछ।