काठमाडौँ । मानिसको दैनिक जीवनमा साथीको आवश्यक पर्छनै बिभिन्न भूमिकाबारे सामान्यतया भावनात्मक दृष्टिले धेरै कुरा गरिन्छ। तर, वैज्ञानिक प्रमाणले साथी भावनात्मक सजिलो मात्रै नभई मानसिक स्वास्थ्य, दीर्घायु र जीवन–गुणस्तरसँग सीधै जोडिने विषय भएको पुष्टि गरेका छन्। विभिन्न विश्वविद्यालय तथा स्वास्थ्य अनुसन्धान केन्द्रहरूले गरेको अध्ययनले सामाजिक सम्बन्ध बलियो भएका मानिसहरूको तनाव कम हुने, निर्णय क्षमता बढ्ने र जीवन अवधि समेत लामो हुने अध्यानले देखाएको छ ।
अमेरिकाको युनिभर्सिटी अफ मिशिगनमा भएको अध्ययनका अनुसार मन मिल्ने साथी वा नजिकका व्यक्तिसँग समय बिताउँदा शरीरमा ‘फिल–गुड हर्मोन’ अक्सिटोसिनको मात्रा बढ्छ। यसले तनाव र चिन्ता घटाई दिमागलाई स्थिर बनाउने वैज्ञानिकहरू बताउछन् । हार्वर्ड मेडिकल स्कुलको दीर्घ अध्ययनले बलियो सामाजिक सम्बन्ध भएका व्यक्तिहरूमा मृत्युदर ५० प्रतिशतले कम रहेको देखाएको छ। वैज्ञानिकहरूका अनुसार सामाजिक रूपमा एक्लोपनाले प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ र दीर्घकालीन रोगको जोखिम बढाउँछ। साथीबाट पाइने समर्थन र भरोसाले दिमागको ‘प्रिफ्रन्टल कोर्टेक्स’ सक्रिय हुन्छ, जसले सोच, योजना र निर्णय क्षमतामा सकारात्मक प्रभाव पार्छ। कठिन अवस्थामासमेत एउटा प्रोत्साहनपूर्ण वाक्य मानसिक रूपमा स्टेबिलाइजर जस्तै काम गर्ने अनुसन्धानले देखाएको छ।
कस्तो साथी बनाउँदा राम्रो: विशेषज्ञहरूका अनुसार, वैज्ञानिक दृष्टिले उपयोगी साथीका केही मुख्य गुण यस्ता हुन्छन् सहानुभूति राख्ने भावनालाई बुझ्ने र अनावश्यक आलोचना नगर्ने साथी मानसिक रूपमा सुरक्षित वातावरण बनाउँछ। सकारात्मक सोच भएका नकारात्मक ऊर्जा दिने व्यक्तिसँग धेरै समय बस्दा शरीरमा स्ट्रेस हर्मोन कोर्टिसोल बढ्ने अध्ययनले देखाएको छ। गोपनीयता राख्ने र विश्वसनीय, भरोसा कायम हुने साथीले मानसिक त्रास घटाउँछ। समान मूल्य र जीवनदृष्टि भएको समान आदर्श भएका बीच सम्बन्ध लामो र स्थिर हुने वैज्ञानिकहरूको अध्यानले देदाएको छ । विकासमा मद्दत गर्ने कमजोरी सच्याउन प्रेरित गर्ने र सफलतामा खुशी मान्ने साथी सबैभन्दा उत्तम मानिन्छ । तसर्थ अनुसन्धानहरूले साथीलाई वैकल्पिक रुपमा नभई मानिसको आधारभूत मनोवैज्ञानिक आवश्यकताका रूपमा हेरेका छन्। विशेषज्ञहरू भन्छन्–राम्रो साथी भनेको, तपाईंलाई हल्का, सुरक्षित, प्रेरित र आफैंजस्तै हुन सहज बनाइदिने व्यक्ति हो।