काठमाडौँ । सप्तरीको खडक नगरपालिका–११ बनौलीस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। आइतबार राति सडकको साइडमा ट्र्याक्टरमा थ्रेसर जोडेर धान दाइँ गरिरहेका ४२ वर्षीय दीपेन्द्र पासवानलाई प्रदेश २-०१-००१ प १७०८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए।
उनीलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिए। घटनामा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–१२ का २८ वर्षीय रामचन्द्र चौधरी घाइते भएका छन्।