काठमाडौं । शहरी क्षेत्रमा व्यस्त जीवनशैलीसँगै दैनिक रूपमा कार्यालय धाउने कर्मचारीहरूको संख्या बढिरहेका बेला अफिस जाने–आउने क्रममा अपनाउनुपर्ने आधारभूत सावधानीबारे विज्ञहरूले सचेत गराएका छन्। नियमित यात्रादेखि लिएर कार्यस्थलको वातावरणसम्म, सामान्य देखिने तर महत्त्वपूर्ण कुराको बेवास्ताले स्वास्थ्य, सुरक्षा र कार्यक्षमतामा नकारात्मक असर पर्न सक्ने उनीहरूको चेतावनी छ। यात्रा र समयको व्यवस्थापन गर्नुपर्छ जसलेगर्दा सहजरुपमा कामगर्न सकिन्छ ।
यात्रा र समय व्यवस्थापनस् विशेषज्ञहरूका अनुसार कार्यालय जानेबेलाको पहिलो तयारी नै समय व्यवस्थापन हो। बिहानको हतारले तनाव बढाउने मात्र होइन, ट्राफिक अवरोध वा सार्वजनिक सवारीको भीडले मानसिक थकान निम्त्याउन सक्छ। भीडभाड समयभन्दा केही मिनेट अगाडि घरबाट निस्कन सुझाव,ट्राफिक स्थिति बुझेर वैकल्पिक मार्ग छनोट गर्न सकिने,यात्रामा मोबाइल चलाउने बानीले दुर्घटनाको जोखिम बढाउने भएकाले नचलाउन चेतावनी दिएको छ ।
स्वास्थ्य सुरक्षा र स्वच्छतास् कामकाजी व्यक्तिहरू धेरै समय कार्यालयको बन्द वातावरणमा बस्ने भएकाले स्वास्थ्य सुरक्षा अत्यन्त महत्त्वपूर्ण मानिन्छ। कार्यालयमा प्रवेशअघि र नियमित रूपमा हात धुने वा सेनिटाइज गर्ने, व्यक्तिगत मेज–कुर्सी तथा प्रयोग हुने सामग्री स्वच्छ राख्ने लगातार बसिरहनुभन्दा बीच–बीचमा स्ट्रेचिङ वा हिँडडुल गरेर शरीर सक्रिय राख्ने पर्याप्त पानी पिउने र अत्यधिक चिल्लो–नुनिलो खाजा सेवनबाट टाढा रहने सल्लाह आवश्यक छ ।
व्यावसायिक व्यवहार र कार्यशैलीः कार्यालयको वातावरण सम्बन्धमै सम्हालिने तरिका नै कर्मचारीको पहिचान हुनसक्ने संकेत विज्ञहरूको भनाइ छ। सहकर्मीप्रति मर्यादित व्यवहार, समयमै जवाफ दिने, अनावश्यक विवादबाट टाढा रहने,औपचारिक पहिरन तथा कार्यस्थलअनुकूल सौन्दर्य, कार्य समयमै पूरा गर्ने र अनुशासन पालनाजस्ता पक्ष संस्थाको विश्वास निर्माणका मुख्य आधारमा रहेर कामगर्न आवश्यक छ ।
डिजिटल सुरक्षाः अहिले अधिकांश कार्यालय डिजिटल माध्यममै निर्भर भएकाले साइबर सुरक्षा सबैभन्दा संवेदनशील पक्ष मानिन्छ। आधिकारिक इमेल वा गोपनीय डाटा अनधिकृत व्यक्तिलाई नदिनु,सार्वजनिक वाइफाइ प्रयोग गर्दा गोप्य फाइल नखोल्नु,पासवर्ड नियमित परिवर्तन गर्ने र कम्प्युटर असुरक्षित अवस्थामा नछोड्ने ।
मानसिक स्वास्थ्यको ख्यालः तनाव, अत्यधिक दबाब र प्रतिस्पर्धाले कर्मचारीको मनोविज्ञानमा असर पार्ने भएकाले,कार्यालय र घरबीच स्पष्ट सीमा बनाउने,पर्याप्त आराम र निद्रा,तनाव बढेमा सहकर्मी वा वरिष्ठसँग खुला संवाद जस्ता उपाय महत्त्वपूर्ण रहेको मनोविज्ञहरूको सुझाव छ। विज्ञहरूको एकमत छ–अफिसमा सफलता केवल काम गर्ने क्षमताले मात्र होइन, अनुशासन, स्वास्थ्य, सुरक्षा र व्यवहार जस्ता दैनिक अभ्यासले निर्धारण गर्छ। सामान्य सावधानीको पालना गर्दै कार्यालय पुग्ने र काम गर्ने बानीले न केवल व्यक्तिगत स्वास्थ्य र सुरक्षा सुचारु राख्छ, बल्कि कार्यक्षमता र पेशागत प्रगतिमा समेत सकारात्मक प्रभाव पार्छ।