काठमाडौँ । विश्व इतिहासका सबैभन्दा प्रभावशाली नेतामध्ये एक अब्राहम लिङ्कनको जीवनकथा आज पनि संसारभरका युवाका लागि प्रेरणादायी मानिन्छ। साधारण परिवारमा जन्मिएका लिङ्कन कठिन परिस्थिति, निरन्तर असफलता र आर्थिक अभावका बाबजुद पनि अमेरिकाको १६औं राष्ट्रपति बन्न सफल भए। मानव अधिकार र समानता स्थापनामा उनले र्पुयाएको योगदान आज पनि चर्चाको केन्द्रमा रहन्छ ।
१. सामान्य जन्म, असाधारण लक्ष्य: सन् १८०९ मा केन्टकीको अत्यन्तै साधारण परिवारमा जन्मिएका लिङ्कनले बाल्यकालमै जीवन संघर्षलाई नजिकबाट देखे। औपचारिक शिक्षा नपाए पनि उनी किताबप्रति गहिरो आकर्षण राख्थे र आत्मअध्ययनमै अघि बढे। विशेषज्ञहरू भन्छन्—यही जिज्ञासाले नै उनलाई नेतृत्वको यात्रातर्फ धकेल्यो।
२. असफलतासँगको लामो संघर्ष: लिङ्कनको जीवन असफलताले भरिएको थियो। प्रदेशसभाको चुनावमा हार,व्यापारमा घाटा,व्यक्तिगत जीवनमा गहिरो चोट,सरकारी जागिरमा अस्वीकृति तर बारम्बारको पराजयपछि पनि उनले सङ्घर्ष छोडेनन्। विश्लेषकहरू भन्छन् लिङ्कनले असफलतालाई समाप्ति होइन–शुरुआतको संकेत माने।
३.नेतृत्वमा उक्लिदै स् लिङ्कनको राष्ट्रिय उदय:
अमेरिकी राजनीतिमा प्रवेश गरेपछि लिङ्कन सत्य, सरलता र तर्कमा आधारित राजनीतिक शैलीका कारण छिट्टै चर्चित बने। उनको जनपक्षीय आवाजले मध्यम वर्ग, किसान र श्रमिक समुदायमा ठूलो विश्वासजगायो।
यसैले सन् १८६० मा उनी राष्ट्रपति निर्वाचित भए ।
४.दासप्रथा अन्त्य–लिङ्कनको ऐतिहासिक कदम: राष्ट्रपतिको कार्यकालमा अमेरिका गृहयुद्धको संकटमा थियो। यही कठिन घडीमा लिङ्कनले ‘एमान्सिपेशन प्रोकेलामेशन जारी गर्दै दासप्रथा अन्त्यको घोषणा गरे। विश्लेषकहरूका अनुसार, यो कदमले मानव अधिकारको इतिहासमा महत्वपूर्ण परिवर्तन ल्यायो। लिङ्कनको यो निर्णय आज पनि विश्वकै सबैभन्दा साहसी मानवीय कदममध्ये एक मानिन्छ।
५.संकटमा देखिएको दृढ नेतृत्व: गृहयुद्धमा विभाजित राष्ट्रलाई एकतामा उभ्याउन लिङ्कनले अपनाएको संयम, सहानुभूति र रणनीतिक सोच नेतृत्व विज्ञानमा आदर्शको रूपमा लिइन्छ। उनले बारम्बार भनेका थिए, राष्ट्र बलियो बन्ने भनेको जनताको सम्मान र समानता सुनिश्चिततामा निर्भर हुन्छ ।
६.अन्त्य भएको जीवन, तर अमर विचार: सन् १८६५ मा नाटक हेर्दै गर्दा भएको गोली प्रहारले लिङ्कनको जीवन समाप्त भयो। तर उनको विचार, नेतृत्व र मानवीय दर्शन आज पनि विद्यालयदेखि संसदसम्म अध्ययन हुने विषय बनेको छ। विशेषज्ञहरू भन्छन् लिङ्कनको योगदान समयले होइन, पुस्ताले मूल्यांकन गर्छ । युवाका लागि लिङ्कनको तीन प्रेरक सन्देश यसप्रकार रहेको छ । सफलता परिस्थितिमा होइन, मेहनतमा निर्भर हुन्छ । असफलता जितको बाटो हो, अवरोध होइन । समानता र मानवताको रक्षा गर्ने नेता कहिल्यै मरिँदैन।