काठमाडौँ। कैलालीमा सुरु गरिएको ‘सर्च एन्ड स्वीप’ अप्रेसन अन्तर्गत एक साताभित्र १४९ फरार प्रतिवादी पक्राउ परेका छन्। कैलाली प्रहरीले मंसिर १ देखि ७ गतेसम्म विभिन्न मुद्दामा दोषी ठहर भएर फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी नरेन्द्र चन्दले जानकारी दिए।
पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ। एसपी चन्दका अनुसार फरार प्रतिवादीलाई कानूनी दायरामा ल्याउन नियमित रूपमा सर्च एन्ड स्वीप अप्रेसन जारी राखिएको छ।