काठमाडौँ । विश्व इतिहासमा केही यस्ता व्यक्तित्व भेटिन्छ । जसले आफ्नो समय मात्र बदल्दैन । अन्य पुस्ताका सोच र भविष्यलाई पनि दिशा दिन्छन् । ग्रीक दार्शनिक एरिस्टोटल त्यही व्यक्तित्व हुन् । जिनको कठोर अभ्यास, निरन्तर जिज्ञासा र अनुशासित जीवनशैली आजको पुस्ताकै लागि प्रेरणादायी बनेको छ। ई.पू.३८४ मा ग्रीसमा जन्मिएका एरिस्टोटल सामान्य परिवारका थिए । घरको पृष्ठभूमि साधारण भए पनि बाल्यकालदेखि नै उनी कसरी ? किन ? र कसरी सुधार्न सकिन्छ ? भन्ने प्रश्नमा गहिरो रुचि राख्थे। यही जिज्ञासाले उनलाई इतिहासकै महान चिन्तक बनाउने बाटो खोल्यो।
१७ वर्षमै एथेन्सको सर्वश्रेष्ठ विद्यार्थी : केवल १७ वर्षको उमेरमा एरिस्टोटल शिक्षाका विश्व केन्द्र मानिने एथेन्स पुगे। त्यहाँ उनले प्रसिद्ध दार्शनिक प्लेटोको अकादमीमा अध्ययन गरे। अध्ययनमा उनको निरन्तरता र अनुशासन त्यति प्रबल थियो कि छिमेका विद्यार्थीहरू उनलाई एक जल्दो बल्दो ज्ञानको भण्डार भनेर चिन्थे।
उनको जीवन शिक्षा स्पष्ट थियो : उत्कृष्टता आकस्मिक रूपमा हासिल हुँदैन, नियमित अभ्यासले मात्र सम्भव हुन्छ। राजनीतिक उथलपुथलपछि पनि रोकिने होइन–उडान शुरू गरी ढ्रिढ विश्वासको साथ अगिबढ्ने । प्लेटोको मृत्युपछि एरिस्टोटलले राजनीतिक कारणले एथेन्स छोड्नु र्पयो। धेरैका लागि यो ठूलो अवरोध थियो। तर उनले चुनौतीलाई अवसरमा बदल्दै मेसिडोनिया गए र त्यहाँ राजकुमार अलेक्जान्डर पर्छि अलेक्जान्डर द ग्रेटका गुरु बने। उनले अलेक्जान्डरलाई नेतृत्व, अनुशासन, दर्शन, युद्धनीति र नैतिकता सिकाए। इतिहासकारहरू भन्छन् । यदि अलेक्जान्डर संसार जित्न सके, त्यसमा एरिस्टोटलको शिक्षा प्रमुख आधार थियो।
विज्ञानदेखि राजनीति एरिस्टोटलको प्रभाव आज पनि उतिकैः एरिस्टोटल केवल दार्शनिक मात्र थिएनन्। उनी—पहिलो जीवविज्ञान वर्गीकरण रतर्कशास्त्रको औपचारिक आधार, नैतिकता र नेतृत्व सिद्धान्त बोकेका व्याक्ति थिए । कला र साहित्यको विश्लेषणात्मक ढाँचा जस्ता धेरै महत्त्वपूर्ण क्षेत्रका संस्थापक उनलाई मानिन्छन्। उनको अनुसन्धान र विचार आज पनि आधुनिक विज्ञान, राजनीति र मनोविज्ञानमा अध्ययन गरिन्छ ।
किन प्रेरणादायी बनेका छन् एरिस्टोटल
१.जिज्ञासा नै उनको सफलता सूत्र हो ।
२.कुनै पनि प्रश्नलाई हल्का लिएनन्, गहिरोसँग अध्यान गरे।
३. कठोर अनुशासन र उत्कृष्ट बन्न ‘बारम्बार अभ्यास अनिवार्य छ भन्ने उनी मान्थे।
४.अवरोधलाई अवसरमा बदल्ने क्षमता उनमा थियो ।
५.एथेन्स छोड्नु परे पनि शिक्षणले उनको नयाँ यात्रा सुरु गरायो।
सकारात्मक नेतृत्व निर्माण :
१.अलेक्जान्डर जस्ता महान नेता निर्माणका गुरु।
२.सर्वकालिक विचार समय बदलिँदा पनि उनका सिद्धान्त उपया गी रहिरहेका छन्।
आजका युवाका लागि सन्देश यो छकी आधुनिक समयमा पनि उनको कथाले एउटा स्पष्ट संदेश दिन्छ सफलता जन्मजात होइनस अनुशासन, अभ्यास र निरन्तर सिकाइले बनिन्छ । उनको कथा आजको पुस्ताका विद्यार्थी, व्यवसायी, शिक्षक, राजनीतिज्ञदेखि सामान्य नागरिकसम्मका लागि प्रेरणादायी बनेको छ ।