काठमाडौँ। सिराहाको लहान नगरपालिका–१ ट्राफिक चोकबाट करिब १ किलो ४ सय ५० ग्राम गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा संखुवासभाका २४ वर्षीय टंक विश्वकर्मा र धनकुटाका २२ वर्षीय खेम राना मगर पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले मिर्चैयाबाट रूपनीतर्फ जाँदै गरेको ना.५ख ३२८९ नम्बरको ट्रक जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो। प्रहरीका अनुसार ट्रकको चालक क्याबिन पछाडि फल्स बटम बनाएर ३१ बोरा गाँजा लुकाइएको अवस्थामा फेला परेको थियो। दुवै जनालाई प्रहरिलले नियन्त्रणमा लिएर लागूऔषध मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।