काठमाडौँ । बस दुर्घटनामा परी नवलपरासीमा पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–८ खजुरी खोलामा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्।
नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बरको यात्रुबाहक बस आज दिउँसो अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मधु नेपालले जानकारी दिए। उनका अनुसार घाइते भएका सबै यात्रुहरूलाई प्रहरी टोलीले उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारका लागि पुर्याइएको छ।प्रहरीको प्रारम्भिक अनुसन्धानले बस अनियन्त्रित भएर दुर्घटना भएको बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।