काठमाडौँ । कात्तिक २१ गते एकसाथ प्रदर्शनमा आएको फिल्म ‘जारी २’ र ‘मन बिनाको धन’ ले आफ्नो दोस्रो सातामा बक्स अफिसमा उत्कृष्ट कमाइ गरेका छन्। चलचित्र विकास बोर्डले दुवै फिल्मको ९ दिनसम्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ।
दयाहाङ राई र मिरूना मगर अभिनीत ‘जारी २’ ले ९ दिनमा ५ कारोड बढी कमाइ गरेको छ। फिल्मको १ लाख ६२ हजार ३ सय ३३ वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ।
त्यस्तै, अशोक दर्जी अभिनीत ‘मन बिनाको धन’ ले ९ दिनमा २ करोड ४३ लाख ३५ हजार ५ सय ८७ रूपैयाँ बढी कमाइ गरेको छ। यो फिल्मको ९० हजार ५ सय २६ वटा टिकट बिक्री भएको बोर्डले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। दुवै फिल्मको कुल कमाइ ७ करोड ३५ ताख ५८ हजर ५ सय ६३ रूपैयाँ पुगेको छ। दर्शकहरूले यी दुई फिल्मप्रति ठूलो रुचि देखाएका छन्।