काठमाडौँ । दुई साता रोकिएको नेपाली लोकप्रिय हास्य टेलिभिजन कार्यक्रम कमेडी दरवार पुन:शुक्रबारदेखि नियमित रुपमा दर्शकमाझ आउने कार्यक्रमका निर्देशक तथा होस्ट विक्की अग्रवालले बताएका छन् ।
पछिल्लो दुई साता कमेडी दरबारको नयाँ भाग प्रसारण भएको थिएन तसर्थ नयाँ एपिसोडको सट्टा पुराना एपिसोडका रमाइला अंशहरू समेटेर प्रसारण गरिएकाले नयाँ भाग कुरिरहेका दर्शकहरु निराश बनेका थिए। युट्युबमा समेत नयाँ एपिसोडको माग गर्दै दर्शकले प्रतिक्रिया दिएका थिए। दर्शकको मागलाई बुझेर फेरि कार्यक्रम पुन सञ्चालनमा ल्याएको हो । अब यस शुक्रबारदेखि शो नयाँ एपिसोडका साथमा आउने छ ।
शुक्रबार प्रसारण हुने एपिसोडमा द भ्वाइस अफ नेपालको टोली अतिथि बनेर आउनेछन्। खेम सेञ्चुरी, सुशील नेपाल र लक्ष्मण पौडेलले अतिथि बनेको यो एपिसोडको छायांकन बुधबार गरिएको थियो। यस शोमा पछिल्लो समय नदेखिएका पवन खतिवडा (म्याकुरी) लाई दर्शले शुक्रबारको एपिसोडमा देख्न पनउनेछन् । कमेडी दरबारको टिम यतिबेला फिल्म ककाकिकीको निर्माणमा व्यस्त छ । फिल्मको छायांकामा टिम व्यास्त रहेको कारण कमेडी दरबारको प्रसारण रोकिएको थियो ।
फिल्मको छायांकनमा जानुअघि केही एपिसोड खिचिएको थियो । तर छायांकनको तयार एपिसोड सकिएपछी टिमले दुई सातासम्म नयाँ एपिसोड दिन सकेन । फिल्म ककाकिकी को पर्वतमा हुने छायांकन तालिका सकिएर टिम काठमाडौं फर्किसकेको छ। काठमाडौंमा पनि केही सातादेखि फिल्मको छायांकन गरिएको छ। अहिले भने शीर्ष कलाकार बेलायत जानुपर्ने भएकाले १० दिनका लागि फिल्मको छायांकन रोकिएको विक्कीले बताए ।