काठमाडौं । सरकारले नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक (आईजीपी) आज नियुक्ति गर्ने भएको छ । आजको मन्त्रिपरिषद् बैठकले भावी आईजीपी टुंगो लगाउन लागेको हो ।
३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ पर्सि (बुधबार) बाट अवकाशमा जाँदैछन् । आईजीपी प्रतिस्पर्धामा चार एआईजी छन् । ३३औं आईजीपीको दाबेदारमध्ये दानबहादुर कार्की पहिलो नम्बरमा छन् ।
प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल प्रहरीमा वरियता मिच्ने पक्षमा छैनन् । यहि कारण पनि कार्कीलाई आईजीपी बन्न सहज देखिन्छ । यद्यपी वरियतामा पछि रहेकाहरु उनीविरुद्ध कुरा लगाएर नियुक्तिमा चलखेल गरिरहेका छन् । दोस्रो नम्बरमा रहेका राजन अधिकारी, तेस्रो नम्बरमा रहेका मनोज केसी र चौथो नम्बरमा रहेका शिद्धिबिक्रम शाह पनि दौडधपुमा छन् ।