काठमाडौँ । नेपाल प्रहरीले ट्र्याक सुट लगाएर हिँड्ने अछाम मल्लेक गाउँपालिका–७ का २२ वर्षीय अमृत साउदलाई बौद्धबाट पक्राउ गरेको छ।
उनको कोठाबाट कम्युटरको सीपीयू, प्रिन्टर, बर्सादी, बुट र तरबार बरामद गरिएको छ। उनले जेन–जी आन्दोलनमा प्रहरी प्रभाग कपन लुटपाटमा संलग्न रहेको प्रहरीले बताएको छ। उनलाई वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो