काठमाडौं । गायक प्रकाश पौडेलले ‘बुढा बुढी’ नामक म्युजिक भिडियो बजारमा ल्याएका छन् । आज ओएसआर म्युजिकको युट्युब च्यानलबाट रमाइलो जनराको गीत ‘बुढा बुढी’को म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
कुनै समयको बहुचर्चित गीत ‘नाइ मलाई त्यहि केटी चाहिन्छ’ बोलको गीतका सर्जक गायक पौडेलले टिकटकमा रमाउनेहरुलाई लक्षित गर्दै बुढा बुढी गीत सृजना गरेको बताए । नेपाली संगीत क्षेत्रमा लागेको २५ वर्ष पूरा भइसकेको सो अवसरमा एउटा सांगीतिक कोसेली स्रोता दर्शक माझ ल्याएको पौडेलले बताए ।
बरिष्ठ संचारकर्मी एवं निर्देशक सुब्रत आचार्यले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा मोडल साक्षी लम्साल र कमल सिंहका साथमा गायक प्रकाश पौडेल, सानु सत्याल, कुमार लम्साल, सुधिर सापकोटा लगायतले अभिनय गरेका छन् ।
गीत ‘बुढा बुढी’को शब्द र स्वर गायक पौडेलको हो भने संगीत दीपराज नेयोङहाङले गरेका छन् । सुरज श्रेष्ठले एरेन्ज गरेको यो गीतको म्युजिक भिडियो उत्सव दाहालले छायाकंन गरेका हुन् । यस्तै, भिडियो सम्पादन विकास दाहालको छ ।