काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले अनलाइनमा सस्तो दरमा सामानहरू देखाइ ठगी गर्ने अपराध बढिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ।
अनलाइनमा सस्तो दरमा सामानहरू देखाइ अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओ.टी.पी. लिइ खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचनामार्फत जानकारी दिएको हो ।
नेपाल प्रहरीले कुनैपनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने, ओ.टी.पी दिने जस्ता काम नगर्न भन्दै ठगी हुनबाट बच्न अनुरोध गरेको छ । आवश्यक परेमा नेपाल प्रहरी १००, ट्राफिक प्रहरी १०३, जिल्ला प्रहरी परिसर, काठमाडौँ ९८५१२८३०१२ र बालबालिका खोजतलास समन्वय केन्द्र १०४ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।
