काठमाडौं । स्थानीय बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य एकै दिन ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार थियो । त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।