काठमाडौँ । प्रहरीले आफूलाई राजनीतिक अभियन्ता दाबी गर्ने डा। निकोलस भुसालसहित ३ जनालाई पक्राउ गरेको छ । विरोध प्रदर्शन गर्न रोक लगाएको काठमाडौंको माइतीघरमण्डाला कार्यक्रम गर्न खोजेपछि भुसालसहित ३ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एक अधिकारीले जानकारी दिए ।
जेनजी आन्दोलन दबाउनेमाथि कारबाहीको माग गर्दै प्रदर्शन गर्न लागेको भुसालले बताएका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर क्षेत्रमा प्रदर्शनमा रोक लगाएको थियो । पक्राउ पर्ने क्रममा उनले गृहमन्त्रीमाथि आक्रोश पोखे । अहिलेका गृहमन्त्रीको पनि पालो आउने उनको आक्रोश थियो ।