डोटी   । डोटीमा एक प्रहरी जवान मृत भेटीएका छन् । शुक्रबार राती डोटीको शिखर नगरपालिका-८ का प्रहरी जवान शंकर बलायर मृत भेटीएको जिला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
बलायरको टाउकोमा गम्भीर चोट लागेको छ । घटनाबारे अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ।
बलायर नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारामा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए । उनी दशैं बिदामा घर आएका थिए ।