काठमाडौं । चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘ट्राफिक वाक’ कार्यक्रम आयोजना गरेको छ । चाडपर्व लक्षित सुरक्षा सचेतना कार्यक्रममा उपत्यका प्रहरी कार्यालयका एआईजी दान बहादुर कार्कीले चाडपर्वमा मनोरञ्जनको पर्याय मादक पदार्थ भन्ने गलत प्रवृत्ति समाजमा विकाश हुँदै गएको बताए ।
-1759028645-1759030828.jpg)
उनले भने,‘मनोरञ्जनको पर्याय मापसे भन्ने गलत प्रवृत्तिले होनहार व्यक्तिहरूले ज्यान गुमाएका छन् ।’ दसैँ, तिहार लगायतका चाडपर्वमा मादक पदार्थ सेवनलाई मनोरञ्जनको पर्याय मानेर सवारीसाधन चलाउँदा दुर्घटनाको दर बढेको कार्कीले बताए ।
-1759028655.jpg)
उनले भने, ‘मूल संस्कृतिबाट विचलित भएर मादक पदार्थ सेवन गरेर जथाभाबी सवारी चलाउनु हुँदैन ।ओभरलोड बोकेर तथा ओभरस्पिड हाँकेर चाडपर्वमा दुर्घटना ननिम्त्याउँ । सुरक्षित यात्रा गरौँ, घर घरबाट सुरक्षा सचेतना अपनाऔँ ।’
-1759028659.jpg)