काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक कार्कीलाई गुप्तचर प्रमुखमा नियुक्त गरेको हो ।
जुम्ला घर भएका कार्कीलाई विभागको मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गर्ने निर्णय गरिएको एक मन्त्रीले बताए । गुप्तचर प्रमुखको ३ वर्षे पदावधि पुरा गरेर हुतराज थापा भदौ २८ देखि अनिवार्य अवकाशमा गएपछि प्रमुखको पद रिक्त थियो ।