काठमाडौँ । सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्दा तत्कालिन केपी ओली नेतृत्वको सरकारबाट खेदिएका एआईजी मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुख बनाएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)केसीलाई सीआईबी प्रमुखका रुपमा सरुवा गर्ने निर्णय गरेको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
भुटानी शरणार्थी प्रकरणको गम्भिर अनुसन्धान गरिरहेका केसीलाई सरकार फेरबदल भए लगत्तै कांग्रेस एमालेको सरकारले जिम्मेवारीबाट हटाएको थियो ।
केसी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले २०७९चैत १२ गते भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो ।